मधेशकेन्द्रित दलहरूबिच सहकार्यको वातावरण बनाउन र साझा एजेन्डा तय गर्न आठसदस्यीय कार्यदल गठन भएको छ। सिंहदरबारमा बसेको ८ दलको बैठकले सबै दलका प्रतिनिधि रहने गरी कार्यदल बनाएको नेता केशव झाले जानकारी दिए।
कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतका शरदसिंह यादव, जसपा नेपालका मनीष सुमन, नागरिक उन्मुक्तिका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह छन्।