सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव सुरु

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा मंगलबारदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । ‘सांस्कृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान समृद्ध एवं सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मूल नाराअघि महोत्सव सञ्चालन भएको हो । 

उद्योग–व्यापार महासंघ कञ्चनपुरको आयोजनामा सञ्चालित महोत्सवको पूर्वमन्त्री तथा सांसद प्रकाश रावलले उद्घाटन गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिममा थुप्रै आर्थिक सम्भावना भएकाले सरकारले त्यसतर्फ समेत जोडदिनुपर्ने बताए ।

महासंघको सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरूले स्थानीय तथा स्वदेशी वस्तु तथा सेवा मेलाका माध्यमबाट प्रदर्शनी गर्ने, विक्री वितरणदेखि प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।

सुझावित समाचार