गरिमा विकास बैंक र वात्सल्य नेचुरलबिच छुट सहकार्य

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

गरिमा विकास बैंक र वात्सल्य नेचुरल आइभिएफ प्रालिबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरलका डिजिटल तथा मिडिया म्यानेजर नवीनले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकले वात्सल्यमा नेचुरल आइभिएफमा निःसन्तानसम्बन्धी उपचारको प्याकेजमा एकमुस्ट १० हजार रुपैयाँ, प्याथोलोजी परीक्षणमा १० र औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्डहोल्डरले वात्सल्य नेचुरलका सबै शाखाबाट छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवापुस्तामा वृद्धि हुँदै गइरहेको निःसन्तानपनको उपचारमा सहयोग पु¥याउने उद्देश्यसहित छुट सम्झौता गरिएको बताइएको छ । 

सुझावित समाचार