जिल्ला अस्पताल उदयपुरका बिरामीलाई फलफूल वितरण

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा उदयपुरमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। प्रेस सेन्टर जिल्ला समन्वय शाखा उदयपुरले मंगलबार स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो।

प्रेस सेन्टर उदयपुरका जिल्ला अध्यक्ष अभिमन्यु लामिछानेका अनुसार स्थापना दिवसको शुभकामना आदानप्रदान गर्दै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका ४१ जना बिरामीलाई फलफूल वितरण गरिएको हो। 

कार्यक्रममा जिल्लामा आबद्ध प्रेस सेन्टरका पत्रकारहरूको उपस्थिति थियो। 

सुझावित समाचार