अमेरिकाबाट सुरु भयो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी साेहरू ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ।

पाँच महादेशहरूमा पर्ने १२ देशका १४ सहरहरूमा तय गरिएका अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको हो। अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहबिच आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए।

विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारहरूबिच प्रतिस्पर्धा गराइने यी दुवै साेहरूका विजेताले एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन्।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लन्डन र पोर्चुगल तथा जापानको टोकियो र चीनको हङकङमा क्रमशः फेब्रुअरी १५ र १६ मा हुँदै छ। अस्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्यान्डको बैंकक र युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी गराइएको छ।

त्यसैगरी, कतारको दोहामा फेब्रुअरी २१ तथा भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुनेछ। भारतको सिलगढीमा मार्च ८ र ९ मा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार सहरहरू बिर्तामोड, पोखरा, नेपालगन्ज र काठमाडौं अडिसनहरू सम्पन्न गरी संसारभरबाट छनिएका प्रतिभाहरूलाई फाउन्डेसनले आफ्‌नै खर्चमा नेपाल ल्याउने छ। 

यी दुवै साेहरू नेपाल टेलिभिजनबाट प्रसारण हुनेछन्।

सुझावित समाचार