सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका– ७ तुरतुरेका २६ वर्षीय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सोमबार साँझ दार्मा गाउँपालिका– ४ मौलाहाल्ने बजारस्थित सडकखण्डमा रा.७प ४५५८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा डाँगीको मृत्यु भएको हो। मोटरसाइकल दुर्घटना भई १०० मिटर तल गएको र उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको थियो।

दुर्घटनामा घाइते डाँगीको उपचारका क्रममा गएराति १० बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

शवको जाँच प्रकृति मुचुल्कालगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार