धरौटी आदेश बदरको निवेदनसहित उच्च अदालत पोखरामा रवि लामिछाने

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

सूर्यदर्शन सहकारी प्रकरणमा धरौटी बुझाउने आदेश बदरको माग गर्दै रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्। जिल्ला अदालत कस्कीले गत पुस २५ गते फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

साे आदेशमा चित्त नबुझी लामिछाने बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउने माग लिएर उच्च अदालत गएका हुन्।

जिल्ला न्यायाधीश नीतिज राईको एकल इजलासले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसँगै सातजनालाई धरौटी तारेखमा छाड्न आदेश दिएको थियो।

सुझावित समाचार