सभामुख र दलका प्रमुख सचेतकहरूको छलफल सुरु

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण
सभामुख र दलका प्रमुख सचेतकहरूको छलफल सुरु

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबिच छलफल सुरु भएको छ।

१८ माघदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशन सहज रूपमा सञ्चालनका लागि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई बोलाएर छलफल थालेका हुन्।

सभामुख घिमिरेले आइतबार सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका थिए। आज सबैसँग संयुक्त छलफल गरिरहेका छन्। हिउँदे अधिवेशनको पहिलो दिनको एजेन्डाबारे पनि छलफल हुनेछ।

सुझावित समाचार