नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम नौ अर्बमाथि

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज आइतबार नेप्से १०.४१ अंकले घटेर दुई हजार ६४३.९३ को विन्दुमा कायम भएको हो।

आज ३१८ कम्पनीको एक करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९४ हजार ८१३ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ बराबरको कारोबार भएको छ।

आज विकास बैंक समूह ०.५९, जलविद्युत् ०.५४, लघुवित्त ०.७५, म्युचुअल फन्ड ०.४८ र अन्य समूह ०.३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा बढी वित्त समूह ४.७६ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ ०.८९, होटेल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बिमा ०.६१, उत्पादन तथा प्रशोधन २.६६, निर्जीवन बिमा ०.६७ र व्यापार समूह ०.७५ प्रतिशतले घटेको छ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चारवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेड, एनआइसी एसियो डिभेञ्चर ०८२/८३, डोल्टी पावर कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रु. ३९ करोड ५३ लाख ७३ हजारबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा शीर्ष स्थानको नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको चार लाख ११ हजार ६ सय २७ कित्ता सेयर किनबेच भएको छ। रासस

सुझावित समाचार