निजामती कर्मचारी युनियनको संखुवासभा अध्यक्षमा राई

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

नेपाल निजामती कर्मचारी युनियनको संखुवासभा अध्यक्षमा जुनकुमार राई सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार राति अबेरसम्म सञ्चालन भएको नवाैँ जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएकाे हाे।

समितिको उपाध्यक्षहरूमा सन्तोष खड्का (खुला), भावना पराजुली (महिला) र लाक्पाद राई (समावेशी), सचिवमा प्रह्लाद थापा, सहसचिव कोषराज श्रेष्ठ, कोषाध्यक्ष चूडामणि दाहाल रहेका छन्। 

सदस्यहरूमा अविन गुरुङ, कमला केसी, सुवास भण्डारी, सूर्यकुमार लिम्बू, खेमप्रसाद काफ्ले, रोजिना श्रेष्ठ, अर्जुनकुमार राई, मनोहर राई, अनुशिला राई, छत्रकुमार रावल र प्रकाश विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक पूर्णकुमार गौलीले जानकारी दिए।

‘राष्ट्रसेवा निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने नारासहित नवाैँ जिल्ला अधिवेशसन सदरमुकाम खाँदबारीमा सम्पन्न भएको हो।

सुझावित समाचार