दाङको तुलसीपुरमा बैंक चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ। तुलसीपुर उपमहानगरपालिका… ५ ‘क’लाइनमा रहेको एनएमबि बैंकको शाखामा चोरी गरिरहेको अवस्थामा तुलसीपुर– १८ दुधरासका २७ वर्षका सन्तोष चौधरी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
उनको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेडलगायत चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ। साथै उनी सवार रा.५प ९७९ नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ।