स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्दै कांग्रेस

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

कांग्रेसले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन आयोजना गर्ने भएको छ । उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले १६ र १७ माघमा सम्मेलन आयोजना गर्न लागेको हो ।

विभाग प्रमुख उर्मिला थपलियाले शनिबार सानेपामा पत्रकार सम्मेलन गरी उद्यमशीलता मार्फत मुलुकको आर्थिक रुपान्तरणमा योगदान पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिईन । सम्मेलन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ । सम्मेलनको औपचारिक उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने छन् । 

कांग्रेस प्रचार विभाग सचिव गोपाल कुमार झाका अनुसार सम्मेलनमा ८० भन्दा बढी स्टार्टअपहरूको प्रदर्शनी हुनेछ भने ६ हजार बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिकहरु तथा विज्ञहरुको सहभागिता रहेनछ । सम्मेलनमा विषयगत सत्रमा छलफल, नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुनेछ । सम्मेलनले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउन सहयोग गर्ने, व्यवसायिक नीति सुधार र लगानीको वातावरणका लागि सहयोगी हुने कांग्रेसको विश्वास छ ।

सुझावित समाचार