बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैन : स्वास्थ्यमन्त्री पौडेल

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार नहुने बताएका छन्। स्वास्थ्य पत्रकार मन्च नेपालको दसाैँ वार्षिक साधारणसभामा बोल्दै उनले बिमा कार्यक्रमलाई व्यवस्थित र परिपक्क बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताए।

मन्त्री पौडेलले रोग लाग्न नदिन सचेत गराउने भूमिका पत्रकारिता क्षेत्रको रहेको बताउँदै स्वास्थ्य मन्त्रालयले आफ्ना सूचना नागरिकसम्म पुर्याउन पत्रकारहरूसित सहकार्य र समन्वय गर्ने बताए ।

'सञ्चारमाध्यमका कारण अहिलेको एचपिभी खोपको प्रचारप्रसार गर्न सहज भएको छ, हरेक क्षेत्रमा सञ्चारमाध्यमको भूमिका धेरै छ, केही गर्न खोजिरहेको वेला निराशा मात्रै गर्नुहुन्न, डेमोक्रेसी ल्याउन दलको भन्दा पत्रकारिताको भूमिका बढी छ,' उनले भने, 'बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैन, स्रोतसँग नजोडिएका कुराले काम गर्न कठिन हुन्छ।

हालको अवस्थामा बिमा जरुरी छ, हुनेले ३५ सय तिरेर मात्रै पुग्दैन, सक्नेले धेरै तिर्न सक्नुपर्छ, हुनेबाट लिएर नहुनेलाइ दिने हो, हाल ६ अर्ब कर कोष छ, उपचार नै नगराएर उपचार गरेको बिमा क्लेम गर्ने अस्पतालको सम्बन्धन नै खारेज गरिदिन्छौँ ।'

सुझावित समाचार