धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङस्थित फर्निचरमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ । श्यामसुन्दर फर्निचर एण्ड काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा काठमाण्डौ शंखरापुर नगरपालिका १ नाङलेभारेकी ७० वर्षिय टिकादेवी दङगालको जलेर मृत्यु भएको हो । उनका श्रीमान ७३ वर्षिया तोयानाथ दङगाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । तोयानाथ फर्निचरका कामदार हुन्।
प्रहरीका अनुसार शुक्रबार बेलुका नौ बजे आगलागी भएकोमा बिहान पौने २ बजे नियन्त्रणमा आएको हो। पाँच वटा दमकलको मद्दतमा सुरक्षा निकायले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीमा ९० लाख रुपैयाँ बराबरको क्षति भएको काभ्रेका डिएसपी मीनबहादुर घलेले बताए। फर्निचरसँगै रहेको एक घर र टहरा पनि जलेका छन्।
हेर्नुस् भिडियाे :