तीन वर्षभित्र निर्माण सक्ने गरी बुटवल–गोरुसिंगे सडकको स्तरोन्नतिको शिलान्यास

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको ५० किलोमिटर दूरी रहेको बुटवल–गोरुसिंगे खण्ड चार लेनमा स्तरोन्नति गर्न शुक्रबार प्रधानमन्त्री केपी ओलीले भर्चुअल रूपमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिंगे सडकखण्ड विस्तार गरिसक्ने बताए । सडक चार लेनमा विस्तारका लागि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप–आशिष निर्माण सेवा नेपाल जेभीले १३ अर्ब ५५ करोड ६५ लाखमा ठेक्का पाएको छ ।

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना रहे पनि पहिलो चरणमा बुटवल–गोरुसिंगे सडकखण्डको काम अगाडि बढाइएको हो । 

गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । बुटवल–गोरुसिंगे सडकखण्ड वनजंगल क्षेत्रमा २४ मिटरदेखि सहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइँदै छ । यो सडकखण्डमा ३० वटा पुल बन्नेछन् । बजार क्षेत्रमा ओभरहेड ब्रिज पनि बन्नेछन् । १४९ कर्ल्भट र ६ अन्डरपासको योजना छ ।

सुझावित समाचार