नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार भएको छ। आज नेप्से ५२.३६ अंकले बढेर दुई हजार ६६५.४५ विन्दुमा कायम भएको हो।

३२२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता सेयर ९० हजार ६९६ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब २० करोड ३० लाख ८८ हजारको कारोबार भएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै अन्य समूह ४.२४ र लगानी समूह ३.८२ प्रतिशतले बढेका छन् । बैंकिङ १.३२, विकास बैंक २.७४, वित्त ०.८९, होटेल तथा पर्यटन २.७१ र जलविद्युत् समूह २.७१ प्रतिशतले बढेको छ।

त्यस्तै, जीवन बिमा समूह १.८९, उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त १.०७, म्युचुअल फन्ड ०.४९, निर्जीवन बिमा एक र व्यापार समूह २.४५ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ६१ करोड ३६ लाख ४८ हजार २२० बराबरको सेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख ५६ हजार ९०२ कित्ता सेयर खरिद–बिक्री भएको छ। रासस

सुझावित समाचार