सुनको मूल्य तोलामा एक हजार नौ सयले बढ्यो

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण

बुधबार सुनको मूल्य तोलामा एक हजार नौ सयले बढेको छ । सुनको मूल्य बढेसँगै आज प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ ।

मंगलबार प्रतितोला एक लाख ५८ हजार एक समा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ ।

आज चाँदी प्रतितोला एक हजार ८९५ मा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२.४९ अमेरिकी डलर पुगेको छ ।     

See More On

सुझावित समाचार