सप्तरीमा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी-४ कोइलाडीका ५० वर्षीय भुटाइ साहको मंगलबार कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताए । कोइलाडी मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको गाउँ पनि हो।
बिहान घरदेखि पोखरीको डिल छेउमा दिसा गर्न गएका बेला साह जाडोले कठ्याङ्ग्रिएर लडेको र सोही ठाउँमा उनको मृत्यु भएको वडाध्यक्ष मुखियाले बताए।
साहको आर्थिक अवस्था दयनीय रहेको वडाध्यक्ष मुखियाले बताए ।