अग्निपीडितलाई नेपाल-भारत मैत्री संघद्वारा राहत प्रदान

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल-भारत मैत्री संघ जिल्ला कार्यसमिति रौतहटको सहकार्यमा अग्निपीडित परिवारलाई सोमबार कपडासहित खाद्यान्न सामग्री वितरण गरिएको छ ।

गएको पुस १४ गते मध्यरातमा भएको आगलागीबाट घर जलेर नस्ट भएका रौतहटको राजदेवी नगरपालिका– ५ पताहीका आठ घरपरिवारलाई नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयले राहत उपलब्ध गराएको हो ।

जिल्ला कार्यसमिति रौतहटको पहलमा केन्द्रीय कार्यालयले उपलब्ध गराएको राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको जिल्ला अध्यक्ष ग्रिसनन्दनकुमार सिंहले जनकारी दिए ।

अग्निपीडित जगरनाथ पासवान, बाबुलाल पासवान, कान्तिदेवी पासवान, रामनाथ पासवान, सोगारथ पासवान, प्रदीप पासवान, नागेन्द्र पासवान र दीपेन्द्र पासवानलाई चामल २५ किलो, दाल तीन किलो, खानेतेल एक लिटर, नुन एक किलो, कम्बल दुई थान, साडी दुई थान, लुंगी एक थान, नुहाउने साबुन दुई वटा  र लुगा धुने साबुन दुईवटा प्रतिपरिवारलाई दिइएको जिल्ला अध्यक्ष सिंहले जानकारी दिए । 

See More On

सुझावित समाचार