युनिलिभरको ब्रान्ड सनसिल्कले ‘सनसिल्क भाइब्स सिजन–४’का विजेताको घोषणा गरेको छ । कम्पनीका अनुसार प्रतियोगिताका विजेताहरू आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर बनेका छन् । उनीहरू आफ्नो युनिक स्टाइल र सिर्जनात्मकताका साथ अरूभन्दा अघि पुगेका थिए ।
प्रत्येक विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् । विजेताले ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बासडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका थिए । यो सहभागिताले आत्मविश्वास, सौन्दर्य र आत्मअभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टरहुड बनाउन मद्दत गर्ने बताइएको छ ।
कम्पनीले ‘सनसिल्क दसैँ भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि यस वर्ष ‘सनसिल्क भाइब्स’का रूपमा पुनः परिकल्पना गरी दायरालाई फराकिलो पारेको जनाएको छ ।
नयाँ थिम लाइन ‘माई हेयेर, माई भाइब्स’ले सहभागीलाई आफ्नो कपालले जीवनमा खेल्ने महत्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको कम्पनीको भनाइ छ । यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्ममा २२.९ मिलियन भ्युज बनाउँदै नयाँ उचाइ लिएको बताइएको छ ।