सिंहदरबारसँग पानी माग्न रित्तो गाग्री बोकेर आए हर्क साम्पाङ

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

दीर्घकालीन रूपमा धरानको खानेपानी समस्या समाधानको माग गर्दै रित्तो गाग्री बोकेर उपमहानगरका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आएका छन् । गाग्री बोकेरै उनी आज सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न जाँदै छन् ।

तर, प्रधानमन्त्री र अर्थमन्त्रीको समय पाउने–नपाउनेमा उनी निश्चित छैनन् । ‘मंगलबार अर्थ र खानेपानी मन्त्रालय जान्छु, हेरौँ के हुन्छ,’ उनले भने, ‘सरकारले नसुनेकाले म यहाँ आउनुपरेको हो ।

समय दिए प्रधानमन्त्रीसँग पनि गुनासा राख्छु ।’ काठमाडौं आउनुअघि उनले आइतबार धरानको भानुचोकमा पनि रित्तो गाग्रीसहित प्रदर्शन गरेका थिए । 

सुझावित समाचार