अभिनेता करणवीर मेहरा टिभी रियालिटी साे बिग बोसको १८औँ संस्करणको विजेता बनेका छन्।
दर्शकको भोटका आधारमा कार्यक्रम प्रस्तोता सलमान खानले करणवीरलाई विजेता घोषित गरेका हुन्। विवियन डिसेना र रजत दलाललाई हराउँदै करणवीरले उपाधि जितेका हुन्।
यो संस्करणको बिग बोसकाे पहिलो रनरअप डिसेना तथा दोस्रो रनरअप रजत दलाल बने। करणवीरले ट्रफीसहित ५० लाख पाए।
करणवीर पछिल्लो २० वर्षदेखि अभिनयमा सक्रिय छन्। ४६ वर्षीय करणवीरले सन् २००५ मा ‘रिमिक्स’ सिरियलमार्फत टेलिभिजनमा पाइला टेकेका हुन्। त्यसअघि उनी रंगमञ्चमा जोडिएका थिए।