वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेका छन्।
त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोध र समग्र कानुन व्यवसायीको सुरक्षाको सुनिश्चितता प्रत्याभूत गराउन दबाबस्वरूप कालोपट्टी बाँधेर सर्वोच्च अदालत बार एसाेसिएसनले विरोध जनाएको हो।
2025-01-19-02-36-26.jpeg)
रास्वपा सभापति रवि लामिछानेको विपक्षमा बहस गरेका त्रिपाठीमाथि गत बुधबार जिल्ला अदालत, काठमाडौं परिसरबाहिर हातपात भएको थियो। त्रिपाठीले लामिछानेको विपक्षमा कास्कीदेखि काठमाडौं जिल्ला अदालतसम्म बहस गरेका थिए।
2025-01-19-02-36-42.jpeg)
तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका