अहिले विपक्षी दलहरूको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसेकाे हाे।
बैठकले साझा एजेन्डालाई अन्तिम रूप दिने बताइएकाे छ।सरकारले ल्याएको अध्यादेशको विरोध, संसद् अधिवेशन आह्वानको माग, महँगी, भ्रष्टाचारलगायतका विषय विपक्षी दलहरूको एजेन्डा रहेको छ।
यो बैठकपछि ल्होत्से हल, संसद् भवन नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्ने दलहरूको तयारी छ।