सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी गरिएको कानुन संशोधनलाई बदर गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फँुयाल र डा. मनोजकुमार शर्माले उक्त ऐनको संशोधन संविधानसँग बाझिएको उल्लेख गर्दै बदर हुने ठहर गरेको हो । आदेशमा भनिएको छ, ‘संवैधानिक प्रावधानसँग बाँझिएको हुँदा निवेदन माग बमोजिम उक्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ को दफा ३ अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएका दफा ५ ‘क’ र दफा ६ (१ क) नेपालको संविधानको धारा १३३ (१) बमोजिम प्रारम्भदेखि नै अमान्य र बदर गरिदिएको छ ।’
संवैधानिक इजलासका प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू मल्ल, रेग्मी र डा शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको संशोधन बदर हुने ठहर गरेको छ भने न्यायाधीश हरि फँुयालले फरक मत राख्दै राष्ट्रिय निकुञ्जसम्बन्धी कानुनको संशोधन खारेज आवश्यक नभएको दृष्टिकोण राखेका छन् ।
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने क्रममा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतमा पनि विकास निर्माणका आयोजना सञ्चालन गर्ने व्यवस्था थपिएको थियो । त्यसविरुद्ध अधिवक्ता दिलराज खनालले सर्वाच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । -रासस
निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानुन सर्वोच्चद्वारा बदर
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
सभामुख अर्याल तान्जानिया प्रस्थान
काठमाडौं। सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आइपियू)को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको ने…
आइतबार १० बजेसम्मका मुख्य १० खबर
धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन प्रधानमन्त्री बालेन्द्र शा…
धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन
काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति गगन थापाले दिए…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने
काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने भएको छ। बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभ…
नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ
कास्की । आठ वर्षकी एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जामा ३० वर्षका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्…
पर्यटक र यात्रुलाई हैरानी दिएको आरोपमा पोखरामा पाँच पक्राउ
कास्की । पोखराको मुख्य बजार क्षेत्रमा पर्यटक तथा यात्रुहरुलाई दुःख हैरानी दिएको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। प…