नेपाल प्रहरीका एआइजी र डिआइजीको बढुवासँगै पदस्थापन

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका एआइजी र डिआइजीको बढुवासँगै पदस्थापन भएको छ। बढुवा भएकाहरूले सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट दर्ज्यानी चिह्न लगाएका छन्। 
एआइजीमा बढुवा भएका कुवेर कडायतको कार्य विभाग तथा रवीन्द्र केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ। 

त्यस्तै, डिआइजीमा बढुवा भएका ईश्वर कार्कीको अन्वेषण योजना तथा विकास निर्देशनालय, राजेन्द्रप्रसाद भट्टको कार्य विभाग, दिनेश आचार्यको प्रहरी महानिरीक्षकको सचिवालय, अरुण पौडेलको अपराध अनुसन्धान विभाग र गोविन्द थपलियाको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिए ।

संगठनको विकास र सुदृढीकरणका लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेसागत निष्ठा, व्यावसायिकता, इमानदारीर धैर्यलाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहनुपर्नेमा उनको जोड छ। 
 

सुझावित समाचार