ललितपुरमा वृद्ध महिनालाई नियन्त्रण लिई सुन र नगद डकैती भएको छ। गत २२ पुसमा ललितपुर महानगरपालिका–२३, धापाखेल बस्ने ९० वर्षियाा सम्झना बुढामगरलाई कुटपिट गरी नियन्त्रण लिएर घाँटीसमेत थिचेर उनको घरमा डकैती भएको हो।
डकैतीमा संलग्न चारजनालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जितमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरी गुन्सा – ५ घर भएका भीमबहादुर विक छन्।
उनीहरूले डकैती गरेको सुनका सिक्री, सुनको औँठी र २५ हजार नगदसमेत बरामद भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवरत्न पौडेलले बताए। दिउँसो साढे १२ बजे घरमा प्रवेश गरी उनीहरूले डकैती गरेका हुन्।