मोटरबाटो पुगेपछि सिन्धुपाल्चोकका लिदी, नाम्फा, सञ्चगाउँ, निम्लुङ र गोल्चेका स्थानीयको जनजीवनमा फेरिएको छ । जलविद्युत् कम्पनीले धमाधम सडक पु¥याएकाले विकट गाउँमा उत्पादित आलु, मुला, जडीबुटीलगायत लेकाली क्षेत्रमा उपलब्ध कृषिउपज जलबिरे बजार र काठमाडौें सहरसम्म एकैदिनमा पुग्छ ।
ब्रह्मायणी करिडोरमा दुई स्थानीय तह छन् बलेफी र जुगल । जुगल गाउँपालिका हिमालमुनिको विकट पहाडी क्षेत्र हो । एक वर्षअघि तेम्बाथाङ, दिपु, लिदी, गोल्चे, निम्लुङ, सञ्चगाउँ, नाम्फा र गुम्बा गाउँको जनजीवन भौगोलिक विकटताले कठिन थियो । तर, जब ब्रह्मायणी नदीमा मिसिने ठुला–साना सबै खोलामा जलविद्युत् आयोजना बन्न थाले, तब विकट गाउँको दुःख कम हुँदै गएको छ । किनकि, जलविद्युत् कम्पनीले गाउँमा मोटरबाटो पु¥याउन लगानी गरेका छन् ।
कात्तिकेबाट कुम्भेश्वरसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य बोकेर दशकअघि जलबिरे क्षेत्र प्रवेश गरेको ग्रिन भेन्चर प्रालि भेलबाडाले अरनिको राजमार्ग छोडेर बलेफीबाट कात्तिकेसम्म २५ किलोमिटर सडक चौँडा पा¥यो । त्यसपछि दुई करोड खर्च गरेर अपर बलेफी हाइड्रोपावर कम्पनीले कात्तिकेबाट लिदीमुनिसम्म आठ किलोमिटर सडक निर्माण गरेको छ । ३६ मेगावाटको अपर बलेफी हाइड्रोपावरले तीन वर्षदेखि विद्युत् उत्पादन गरिरहेको छ । जलविद्युत् व्यवसायी उमेश कसजूले ३६ मेगावाटको सफलतापछि ४६ मेगावाटको अपर बलेफी– २ को निर्माण गरिरहेका छन् । उनै कसजूले सामाजिक उत्तरदायित्वअन्तर्गत काम गरेर विकट बस्तीमा सडकको ट्र्याक पु¥याएका हुन् । लिदीमुनिबाट नेसमखोलासम्म ६ करोड ५० लाख खर्च गरेर १० किलोमिटर सडक बनाएका छन् । हिमालमुनिको विकट गाउँ लिदीसम्म चार करोड खर्च गरेर सात किलोमिटर सडक निर्माण गरिएको छ । कुम्भेश्वरबाट गोल्चेसम्म १२ किलोमिटर सडक पाँच करोड लागतमा निर्माण भएको छ ।
त्यस्तै, गोल्चे बगरबाट निम्लुङसम्मको ६ किलोमिटर सडक दुई करोड लगानी गरेर निर्माण भएको छ । गोल्चे बगरबाट नाम्फा र सञ्चगाउँमा पनि दुई करोड खर्च गरेर आठ किलोमिटर सडक तयार भएको छ । मोटरबाटो पुगेपछि लिदी, नाम्फा, सञ्चगाउँ, निम्लुङ र गोल्चेका स्थानीयको जनजीवनमा फेरिएको छ । जलविद्युत् कम्पनीले धमाधम सडक पु¥याएकाले विकट गाउँमा उत्पादित आलु, मुला, जडीबुटीलगायत लेकाली क्षेत्रमा उपलब्ध कृषिउपज जलबिरे बजार र काठमाडौं सहरसम्म एकैदिनमा पुग्छ । ६२ मेगावाट क्षमताको ब्रह्मायणी हाइड्रोपावरले नेसमबाट दिपुसम्म पाँच करोड खर्च गरेर १० किलोमिटर नयाँ ट्र्याक निर्माण गरेको छ ।