सन् २०१० : हाइटीमा विनाशकारी भूकम्प । सात म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्वस्त भएको थियो । भूकम्पका कारण दुई लाखजनाको मृत्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भत्किएका संरचना निर्माणका लागि हेइटीले दातृ राष्ट्रलाई करोडौँ डलर सहयोग गरेका थिए ।
सन् १८७९ : बेलायत र हाल दक्षिण अफ्रिकामा पर्ने जुलल्यान्डबिच युद्ध सुरु । ब्रिटिस फौजले छिमेकी रिपब्लिक अफ नाटलबाट आक्रमण सुरु गरेको थियो ।
सन् १९०८ : पेरिसको इफेल टावरबाट पहिलोपटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो । ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दा बढी श्रोताले सुनेका थिए ।
सन् १९३८ : अस्ट्रियाले स्पेनमा गठित फ्रान्को सरकारलाई स्वीकृति प्रदान ग¥यो ।
सन् १९७३ : यासिर अराफात प्यालेस्टिनी लिबेरेसन अर्गनाइजेसन (पिएलओ)मा पुनः निर्वाचित भए ।
सन् १९९१ : खाडी संकटका क्रममा अमेरिकी कंग्रेसले राष्ट्रपतिलाई इराकमाथि सैन्य कारबाही गर्ने अधिकार प्रत्यायोजन ग¥यो ।