न्यायपरिषद्को रिक्त सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सिफारिस भएका छन्। नेपाल बार एसोसिएसनको कार्यसमिति बैठकले उनलाई सिफारिस गर्ने निर्णय लिएको बार महासचिव अन्जिता खनालले जानकारी दिइन्।
गत १५ मंसिरबाट रामप्रसाद श्रेष्ठको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो। बुढानीलकण्ठका खड्काको लाइसेन्स नम्बर ३५९ हो। पाँचसदस्यीय परिषद् प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा छ।
वरिष्ठतम् न्यायाधीश, संघीय कानुनमन्त्री र सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका दुईजना सदस्य रहने व्यवस्था छ। एकजनालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्छन् भने अर्को एकजना बारको कार्यसमितिले पठाउने गर्छ।