६१ वर्ष कैद सजाय तोकिएका सोमई पक्राउ

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

विभिन्न पाँच आपराधिक मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका–१, गुर्चीहवाका ५७ वर्षीय सोमईलाई प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको हो। 

प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार अदालतले ०६८ सालमा सोमईलाई व्यक्ति हत्याको तीनवटा, डाका र चोरीको एक-एकवटा मुद्दामा ६१ वर्ष कैद सजाय तोकेको थियो। यस्तै, तीन लाख ५२ हजार ७७८ रुपैयाँ जरिवानासमेत तोकेको थियो। 

मुद्दा लागेपछि उनी फरार रहँदै आएका र सोमईलाई बुधबार नै कारागार चलान गरिएको बताएको छ।
 

सुझावित समाचार