तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा आठ सय रुपैयाँ बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा एक हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर एक हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सुझावित समाचार