बरन्डाका २२ उपसचिवलाई सामान्य प्रशासनले तोक्यो जिम्मेवारी

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

बरन्डामा रहेका २२ उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी तोकेको छ । मन्त्रालयले सोमबार बरन्डामा रहेकासहितका उपसचिवलाई विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा सरुवा र कामकाजमा खटाइएको छ ।

सामान्यमा हाल ३५ जना उपसचिव बरन्डामा छन् । उपसचिवलाई जिम्मेवारीविहीन बनाइएकोबारे आइतबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । समाचारपछि सोमबार प्रधानमन्त्री कार्यालयले तीन दिनभित्र जिम्मेवारी तोक्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि मन्त्रालयले सोमबार बरन्डाका उपसचिवलाई जिम्मेवारी तोकेको हो । अझै बाँकी रहेका उपसचिवलाई जिम्मेवारी तोक्ने गरी मंगलबार निर्णय गरिने मन्त्रालयले जनाएको छ । 

सोमबार जिम्मेवारी तोकिएका उपसचिवमा हरिप्रसाद अर्याल, राजेन्द्रप्रसाद पौडेल, भूपेन्द्र पाण्डेय, प्रेरणा महर्जन, निर्माणकुमार कार्की, ज्ञानराज लम्साल, विमला महत, राजेन्द्रबहादुर अर्याल, दुर्गा बन्जाडे, बाबुराम खनाल, पूर्णिमा उपाध्याय, सिर्जना थपलिया, राम आचार्य, तेजनारायण यादव, ठाकुरप्रसाद तिवारी, ओमप्रकाश महतो, रचिन्द्र डंगोल, धर्मानन्द जोशी, रामप्रसाद ज्ञवाली, मुकुन्द शर्मा, जगदीश पराजुली, घनश्याम भुसाललगायत छन् ।

त्यस्तै, बरन्डाबाहेकका छविलाल नेपाली, रोशनीदेवी कार्की, खेमराज उपाध्याय, पर्वप्रसाद सापकोटा, मोतीराम सापकोटा, भोजराज श्रेष्ठ, विजय राना र टेकप्रसाद पुलामीको पनि जिम्मेवारी तोकिएको छ । 

काठमाडौंसहित सात जिल्लाका सिडिओ फेरिए 
गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमालको कैलाली, तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादव मोरङ, गोपालकुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ ।

काठमाडौंका सिडिओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वाेच्च अदालतले हालै एक फैसलामा बोलेपछि उनी विवादमा परेका थिए । मोरङका सिडिओ प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ ।

सुझावित समाचार