जय ट्रफी एलिट कपमा आर्मीले बनायो १२१ रन

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आइतबारदेखि सुरु भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले १२१ रन बनाएको छ । 
विभागीय टोली नेपाल पुलिसविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले ३४.४ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको हो । 

वीरगन्जको नारायणी रंगशालामा सुरु भएको खेलमा आर्मीका लागि कुशल मल्लले २५ रन, भीम सार्कीले २२ रन, विनोद भण्डारीले २१, बसिर अहमदले १२ रन, सोमपाल कामीले पाँच रन र सन्तोष कार्कीले एक रन बनाएका छन् । 

यस्तै, पहिलो खेलमा नेपाल पुलिस क्लबका लागि ललित राजवंशीले एक्लै १७.४ ओभरमा सात विकेट लिएका हुन् ।त्यस्तै, रसिद खान, श्रवन यादव र कुशल भुर्तेलले पनि एक–एक विकेट लिएका थिए । पहिलो खेलमा दुई विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मी प्रतिस्पर्धा गरिरहेका छन् ।
 

See More On

सुझावित समाचार