सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला  एक हजार पाँच सय घटेको हो ।

शुक्रबार प्रतितोला  एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार ८१० मा कारोबार हुनेछ ।     
 

See More On

सुझावित समाचार