भक्तपुरमा भएको स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

गत सोमबार भक्तपुरमा भएको स्कुटर दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ। सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो । उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुण्डीराज नेउपानेले बताए । दुर्घटनामा घाइते भएकी उनकी श्रीमती पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 

सानोठिमीबाट मगरगाउँतर्फ जाने क्रममा राजभण्डारीले चलाएको बा.प्र ०२ ०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो।  

सुझावित समाचार