नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पुन सहभागी भएका हुन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीले पार्टी राजनीतिमा फर्काउन गृहकार्य थालेको छ।
पुनले यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै सक्रिय राजनीतिमा फर्कने सन्देश दिइसकेका छन्। उनी युद्धकालमा विद्रोही सेनाका कमान्डर थिए।