जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

पर्साको पर्सागढी नगरपालिका– ४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने उनको सपना साकार हुन सकिरहेको थिएन।

‘पैसाकै अभावको कारण वर्षौँदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइनँ,’ उनले भनिन्, ‘आफ्नै घरदैलोमा पैसा नतिरीकनै आँखाको शल्यक्रिया गर्न पाउँदा त खुसीको कुनै सीमा छैन।’

आँखाको शल्यक्रिया गर्नुअघिसम्म नाति–नातिनाको सहारा लिएर हिँड्नुपर्ने अवस्था पुगेको स्मरण गरिन्। ‘आँखा शल्यक्रिया गर्नु अघिसम्म त घरका सानातिना काम गर्न पनि धेरै गाह्राे हुने गर्थ्यो,’ उनले भनिन्, ‘घरवरिपरि आउजाउ गर्न पनि कसैको सहारा लिनुपर्ने हुन्थ्यो। अब त कसैको सहाराविनै ठमठम्ती हिँड्न सक्ने भएकी छु।’

उनी मात्रै होइन, पर्सागढी नगरपालिका– ७ टिकुलियाका ६२ वर्षीया रामचन्दर साहलाई पनि मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उनका ज्वाइँ नारायण साह तेलीले पुसको १३ गते पर्सागढी नगरपालिका- ४ बर्वाछटैलीस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यामिक विद्यालयमा आयोजित बृहत् आँखा शिविरमा ल्याएका थिए ।

‘बुढ्यौली लागेसँगै आँखाले नजिकको वस्तु पनि छुट्याउनै नसक्ने भइसकेको थिएँ,’ मोतियाविन्दुको शल्यक्रिया गरेका रामचन्दरले भने, ‘आफ्नै पालिकामा भएको शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरेर फेरि आँखाको ज्योति फर्किँदा खुसी लागेको छ।’

शिविरमा पर्सागढीका मात्रै होइन, बहुदरमाई, सखुवाप्रसौनी, जिराभवानी, पकाहामैनपुर र जितपुर सिमरा उपमहानगरपालिकासहित सीमावर्ती भारतीय नागरिकसहित ५६५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। भारतको बिहार राज्यअन्तर्गतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारीका हवास देवानले पनि सोही शिविरमा आफ्नो मोतियाविन्दुको शल्यक्रिया गराएका छन् ।

‘लामो समयदेखि आँखा हेर्न नपाउँदा जिन्दगी नै अँध्यारो भएको थियो। नेपालमा आँखाको उपचार राम्रो हुन्छ भनेर आएको हुँ,’ उनले भने, ‘शल्यक्रिया गरेसँगै अहिले छर्लँगै देख्ने भएको छु।’

भारतीय नागरिक देवानले भारतका बिहार राज्यमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र प्रभावकारी हुने भएकाले आउने गरेको बताए। ‘भारतीय नागरिक भए पनि मोतियाविन्दुको शल्यक्रिया गर्न कुनै पनि अप्ठ्यारो भएन,’ उनले भने ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले ४० वर्षे उमेर पार गरेसँगै मोतियाविन्दुको समस्या देखिँदै आइरहेको बताए ।  ‘पहाडी जिल्लाको तुलनामा तराई–मधेशमा जनसंख्या र औद्योगिक कारखानाले प्रदूषण गरेकाले पनि आँखा सम्बन्धित समस्या धेरै देखिने गरेको छ,’ उनले भने ।

गत पुस ११ देखि १३ गतेसम्म भएको आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डा. सागर रुइत, डा. दीक्षा विष्ट नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको उपचार गरेको थियो । प्रतिष्ठानका बाह्य कार्यक्रम निर्देशक निम्खेल लामाले प्रतिष्ठानको प्राविधिक सहयोगमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको जानकारी दिए ।

‘पहाडी जिल्लामा भन्दा तराई–मधेशका जनतामा मोतियाविन्दुको समस्या धेरै देखिने गर्छ,’ उनले भने, ‘आँखाको हेरचाह र सुरक्षामा विशेष ध्यान दिन जरुरी भइसकेको छ।’

प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा मोतियाविन्दुको शिविरमार्फत शल्यक्रिया सञ्चालन गर्दै आइरहेको जानकारी दिए । मोतिविन्दुको शल्यक्रिया दुई पद्धतिबाट गर्ने गरिन्छ । मेसिनबाट (फेको) र म्यानुअफ स्मल इन्सिसन क्याटर्याक्ट सर्जरी (एमएसआइसिएस)बाट गरिन्छ ।

मोतियाविन्दुको फेको प्रविधिमार्फत शल्यक्रिया गर्दा कम्तीमा पनि १८ हजार रुपैयाँ खर्च लाग्ने गर्छ भने ‘एमएसआइसिएस’ प्रविधिमार्फत गर्दा कम्तीमा १० हजार खर्च लाग्ने गर्छ । शल्यक्रियापछि बिरामीलाई औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो ।

पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले नगरपालिकाले मोतियाविन्दुको शल्यक्रिया गर्ने बिरामीका लागि आवास, खाना र यातायातको प्रबन्ध मिलाएर शिविर सञ्चालन गरेको बताए। ‘मोतियाविन्दुका बिरामीलाई आफ्नो घरदैलोमा नै शिविर गरेर आँखाको उपचार गराउन सक्यौँ,’ उनले भने, ‘तिलगंगा आँखा प्रतिष्ठानले प्राविधिक र सिंगापुरको सिंइग होप संस्थाको सहकार्यमा मात्रै सम्भव भएको हो।’

उनले पर्साका विभिन्न ११ ठाउँमा आँखा जाँच शिविर गर्दा सात सयभन्दा धेरै मोतियाविन्दुका बिरामी भेटिए पनि बिरामीमा उच्च रक्तचाप र मधुमेह देखिएकाले केही शल्यक्रिया गर्न प्राविधिक रूपमा नमिलेको जानकारी दिए ।

आँखा उपचारको हब बन्दै वीरगन्ज

नेपालमा सस्तो र गुणस्तरीय आँखाको उपचार हुन थालेसँगै भारतको बिहार, उत्तर प्रदेशलगायतका राज्यका बिरामीको उपचार गर्ने थलोको रूपमा पनि वीरगन्जसहितका आसपासको क्षेत्र भएको छ।

तिलगंगा आँखा प्रतिष्ठानले सस्तो र गुणस्तरीय लेन्स उत्पादन गरेर बजारीकरण गरेसँगै भारतीय आँखाका बिरामी पनि वीरगन्जमा उपचार गराउन आउने संख्या दिन प्रतिदिन बढिरहेको छ। वीरगन्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले वीरगन्जमा ६० प्रतिशत भारतीय नागरिक र ४० प्रतिशत स्वदेशी आँखाका बिरामी उपचार गर्न आउने बताए ।

‘आँखाका बिरामीले गर्मीमा भन्दा पनि जाडो मौसममा शल्यक्रिया गर्न रुचाउँछन्। गर्मी मौसममा पसिनाको कारणले घाउको संक्रमण बढ्न सक्ने जोखिमको कारणले शल्यक्रिया गर्न रुचाउँदैनन्,’ उनले भने, ‘जाडोको मौसम आँखा वा मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उपयुक्त मौसम मान्ने गरिन्छ।’

मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको जनाउँदै उनले जनताबाट आवधिक रूपमा निर्वाचित भएर राजनीतिक दलबाट गठन भएको सरकार मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्षम हुने जिकिर गरे ।

‘सरकारमाथि सबैले विश्वास गर्नुपर्छ, कमी–कमजोरी भए खबरदारी गर्नुपर्छ,’ उनले भने । उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र कारबाही जहिले पनि हुन सक्ने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिए । ‘यस विषयमा अनुसन्धान हुन्छ, कारबाही अघि बढ्छ’ उनले भने, ‘त्यो जग्गा गलत ढंगले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुन्छ ।’ गैरकानुनी ढंगबाट भएको भ्रष्टाचारजन्य कार्य, सरकारी र सार्वजनिक सम्पत्तिका हिनामिनामा सरकार चुप नलाग्ने र सरकारी सम्पत्ति फिर्ता ल्याउने उनले बताए । रासस

सुझावित समाचार