सल्यानमा बजार लान टिपेर तयार गरेको सुन्तलामा अज्ञात व्यक्तिले आगजनी गरेको छ । जिल्लाको बागचौर नगरपालिका– ९ जुमखोलीको एक घरमा क्यारेटमा भण्डार गरिएको सुन्तलामा आगजनी भएको हो ।
आगलागीबाट ८६ क्यारेट र पाँच डोकामा राखेको सुन्तला नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए।
नारायणगढका ठेकेदार तथा खरिदकर्ता सन्तोष बस्नेत र महेन्द्र ओलीले गाउँबाट खरिद गरी स्थानीयको एक घरमा भण्डारण गरेका थिए । क्यारेट, डोकामा राखेर त्रिपालले छोपेको अवस्थाले बुधबार साँझ अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीको भनाइ छ । आगलागीकाे कारण खुल्न नसकेको र अनुसन्धान अघि बढाइरहेको सूचना अधिकारी बस्नेतको भनाइ छ ।