नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ। हिजो तोलामा एक हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ७९० रुपैयाँमा किनबेच भएको छ ।