इतिहासमा आज

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

सन् १९४७ : हिन्दू–मुस्लिमबिच दंगा बढेपछि महात्मा गान्धीले पूर्वी बंगालमा दंगा रोक्न र सौहार्दता बढाउनुपर्ने माग राख्दै शान्ति र्याली सुरु गरे । 

सन् १८३३ : ब्रिटिस फौजले अर्जेन्टिनी सेनालाई धपाएर फकल्यान्ड टापुमाथिको शासन पुनर्स्थापना गर्यो । एक वर्षअघि अर्जेन्टिनाले सो टापुमाथि दाबी गर्दै सैन्य पोस्ट स्थापना गरेको थियो । बिचको केही समयबाहेक ब्रिटिसहरूले सन् १६९० देखि हालसम्म सो टापुमाथि शासन गर्दै आएका छन् ।

सन् १८८२ : एकाधिकारविरोधी कानुन लागू भएपछि विश्वको सबैभन्दा ठुलोमध्येको एक कम्पनी ‘स्ट्यान्डर्ड ओयल’ ट्रस्टमा बदलियो । 

सन् १९०६ : विलिस क्यारिअरले उनले आविष्कार गरेको विश्वको पहिलो ‘एयर–कन्डिसनर’का लागि अमेरिकी प्याटेन्ट हासिल गरे । 

सन् १९३५ : जापानले चीनको उत्तरपूर्वी भाग मन्चुरिया कब्जा गरेर त्यहाँ अलग कठपुतली सरकार गठन गर्यो । 

सन् १९४४ : ब्रिटिस फौजले दोस्रो विश्वयुद्धका क्रममा युद्ध प्रयोजनमा पहिलोपटक हेलिकोप्टरको प्रयोग गरे । 

सन् १९५९ : सोभियत संघले ‘लुना प्रथम’ प्रक्षेपण गर्यो । चन्द्रमानजिक पुगेको यो अन्तरिक्षयान पृथ्वीको गुरुत्व क्षेत्र छाड्ने पहिलो अन्तरिक्षयान बन्यो । 

सन् १९६५ : मार्टिन लुथर किङ जुनियरले अश्वेतहरूको न्यून राजनीतिक सहभागितालाई तोड्न निर्वाचन मतदाता नामावलीमा तिनको संख्या बढाउने अभियान सञ्चालन गरे । 

सन् १९९५ : अमेरिकाको हवाई टापुमा रहेको विश्वको सबैभन्दा ठुलो दूरदर्शकयन्त्र ‘केक्क दूरदर्शकयन्त्र’ले हालसम्मकै सबैभन्दा टाढाको तारापुञ्ज पहिचान गर्यो, जुन १५ अर्ब प्रकाश वर्ष टाढा अवस्थित छ । 

सन् १९९६ : बोस्नियाली सर्व र मुस्लिम जातिबिच जारी हिंसा रोक्न उत्तरी बोस्निया क्षेत्रमा अमेरिकी सैनिक परिचालित भए । 

सन् २०१८ : विश्व स्वास्थ्य संगठनले भिडियो गेमको लतलाई मानसिक स्वास्थ्य समस्याको रूपमा सूचीकृत गर्यो । 

सन् २०१९ : भारतको सर्वोच्च अदालतले महिनवारी उमेरका महिलामाथि केरला राज्यको सबारिमाला मन्दिरमा प्रवेश गर्न लागेको प्रतिबन्ध उल्ट्याएपछि पहिलोपटक दुई महिला बिन्दु अम्मिनी र कनकदुर्गा प्रवेश गरे । 

सन् २०२२ : सुडानका प्रधानमन्त्री अब्दाला हमदोकले टेलिभिजन सम्बोधनमार्फत राजीनामा दिए । 
 

सुझावित समाचार