बढुवाको २२ महिनापछि एआइजी तामाङले पाए कमान्ड

बिहिबार, १७ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो। 

तामाङ यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। ०७९ को चैतमा एआइजी भएका उनले पहिलेपटक कमान्ड पाएका हुन्। उनकै ब्याचका अन्य एआइजीले तीनपटकसम्म कमान्ड पाउँदा पनि उनलाई भने महत्त्वपूर्ण जिम्मेवारी दिइएको थिएन। बढुवाको करिब २२ महिनापछि उनले कमान्ड पाएका हुन्। 

उपत्यका प्रहरी कार्यालयमा कार्यरत एआइजी किरण बज्राचार्यको अवकाशपछि रिक्त भएको पदमा उनलाई जिम्मेवारी दिइएको हो।

रिक्त रहेका एआइजीका दुई पदमा बुधबार नै बढुवा समितिले कुबेर कडायत र रवीन्द्र केसीलाई बढुवाको सिफारिस गरेको छ। 

सुझावित समाचार