वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका– ११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र नवलपरासी पूर्व बौदीकाली गाउँपालिका– १ घर भई काठमाडौं बानियाँटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी रहेका छन् ।

पक्राउ परेकामध्ये गणेशबहादुरले सर्बिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र शान्तिले हंगेरी पठाइदिन्छु भन्दै दुईजना पीडितबाट १७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेशबहादुरलाई काठमाडौं सिनामंगलबाट र शान्तिलाई काठमाडौं बानियाँटारबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा तामाकोशी गाउँपालिका– ४ घर भई काठमाडौं महानगरपालिका– १५ चमती बस्ने २८ वर्षीय रामविक्रम खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।

See More On

सुझावित समाचार