दीपेन्द्र बने ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर बनेका छन् । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा र दीपेन्द्रले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई पक्षबिचको सम्झौता तीन वर्षका लागि रहेको अध्यक्ष शारदाले बताए । दीपेन्द्र सिंहसँगको सम्झौता रकम खुलाइएको छैन ।

गत साता त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिगमा दीपेन्द्रसिंह घरेलु खेलाडीमध्ये उत्कृष्ट हुँदै ६२ लाख मूल्यबराबरको कार प्राप्त गरेका थिए । उनी मार्की र कप्तान रहेको सुदूरपश्चिम रोयल्स फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो । 

दीपेन्द्र सिंहले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् । सम्झौता कार्यक्रममै शारदा ग्रुपले उनलाई कार प्रदान गरेको थियो । 

यस किसिमको हौसलाबाट अन्य खेलाडी पनि प्रेरित हुने उनको भनाइ छ । ‘सुरुमा क्यान र शारदा ग्रुपलाई धन्यवाद छ, यस्तो हौसलाले अन्य खेलाडीलाई पनि क्रिकेट खेल्न प्रेरित गर्ने विश्वास छ,’ उनले भने । उनी कार पाउने पहिलो क्रिकेटर हुन् । दीपेन्द्रसिंह यसअघि अर्ना, ग्रेस, इसेवा र एक्स–एजसँग पनि ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध छन् ।

सुझावित समाचार