टेस्टमा जसप्रितको दुई सय विकेट

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

भारतका फास्ट बलर जसप्रित बुमहराले टेस्टमा दुई सय विकेट पूरा गरेका छन् । अस्ट्रेलियाविरुद्धको चौथो टेस्टको चौथो दिन आइतबार उनले दुई सय विकेट पूरा गरेका हुन् । उनले ४४ टेस्टमा दुई सय दुई विकेट संख्या पु¥याएका छन् ।

अहिलेसम्म टेस्टमा दुई सय विकेट लिने ८५ बलर छन् । जसमध्ये सबैभन्दा कम इकोनोमीमा यो सफलता चुम्ने बुमराह पहिलो बलर हुन् । उनले टेस्टमा १९.५५ को औसतमा बलिङ गरिरहेका छन् ।

वेस्ट इन्डिजका मार्कम मार्सलले ८१ टेस्टमा ३७६ विकेट लिन २०.९४ को औसतमा बलिङ गरेका थिए । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले दोस्रो इनिङ्समा ३३३ रनको अग्रता लिएको छ । भारत पहिलो इनिङ्समा ३६९ रनमा समेटिएको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएको थियो । चौथो दिनको खेल समाप्तिसम्म अस्ट्रेलियाले नौ विकेट गुमाएर २२८ रन बनाएको छ ।

सुझावित समाचार