कराँतेका सिद्धार्थ रानालाई भारतमा स्वर्ण

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

भारत महाराष्ट्रको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको छ। उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो।

१० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्ण पदक जितेका हुन्। भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन्।

प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन्। प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरुष गरी १८ खेलाडी सहभागी छन्।

सुझावित समाचार