ट्रम्पले लगाउने शुल्कको प्रभाव मध्य र पूर्वी युरोपेली देशसहित चीनले महत्वपूर्ण साझेदारी गरेका क्षेत्रमा पनि महसुस हुनेछ
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जित र चिनियाँ आयातमा नयाँ शुल्क लगाउने उनको घोषणाले विश्वव्यापी व्यापार र राजनीतिमा तत्काल परिणाम निम्त्याउँछ । शुल्क लगाउने यी उपाय चीनलाई आर्थिक रूपमा अलग गर्न डिजाइन गरिएको हो । तर, त्यसको प्रभाव मध्य र पूर्वी युरोपेली देशसहित चीनले महत्वपूर्ण साझेदारी स्थापना गरेको क्षेत्रहरूमा पनि अवश्य महसुस हुनेछ ।
चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन (सिइइसी) का लागि यो न अमूर्त भूराजनीतिक विकास हो, न त सामान्य सरोकार । चिनियाँ लगानी यस क्षेत्रको पूर्वाधार र आर्थिक वृद्धि रणनीतिको अभिन्न अंग बनेको छ । बेलग्रेड–बुडापेस्ट रेलवे र मोन्टेनेग्रोको राजमार्गजस्ता परियोजना कनेक्टिभिटी र दक्षताका उपलब्धि मात्र होइनन्, बरु चीन र मध्य तथा पूर्वीयुरोपबिच बढ्दो आर्थिक सम्बन्धका प्रतीकसमेत हुन् । तथापि, ट्रम्पका प्रस्तावित नीतिले यी सम्बन्धमा नयाँ तनाव ल्याउने खतरा छ, किनकि विशेषगरी वासिंटनले आफ्ना नेटो सहयोगी र युरोपेली संघका सदस्य राष्ट्रलाई चीनसँगको आफ्नो संलग्नताको पुनर्मूल्यांकन गर्न दबाब दिइरहेको छ ।
मध्य र पूर्वीयुरोपले विश्वव्यापी शक्तिहरूबाट प्रतिस्पर्धात्मक मागको सामना गरेको यो पहिलोपटक होइन । ऐतिहासिक रूपमा यस क्षेत्रले अवरोधभित्र अवसर खोज्दै त्यस्ता प्रतिद्वन्द्वीलाई निर्देशित गरेको छ । आज, त्यही व्यावहारिक दृष्टिकोणले सिइइसीले युरोप र संयुक्त राज्य अमेरिकासँगको आफ्नो बृहत्तर गठबन्धन प्रबन्ध गर्दै चीनसँगको साझेदारीलाई कायम राख्न सक्छ कि सक्दैन भनेर निर्धारण गर्नेछ । मध्य र पूर्वीयुरोपको राजनीतिक इतिहास अनुकूलनको
एउटा उदाहरण हो ।
शीतयुद्धका दौरान यी राष्ट्रले सार्वभौमसत्ता र विकासका लागि आफ्नै आवश्यकतासँग वैचारिक थोपालाई सन्तुलित गरे । आज, चीनसँगको उनीहरूको संलग्नताले त्यस्तै व्यावहारिकता झल्काउँछ । सर्बियाजस्ता देशका लागि चिनियाँ लगानीले महत्वपूर्ण पूर्वाधारको खाडल पुर्छ भने हंगेरीजस्ता इयू सदस्यले यी साझेदारीलाई फराकिलो युरोपेली ढाँचाभित्र आर्थिक स्वतन्त्रता सुनिश्चित गर्ने तरिकाको रूपमा हेर्छन् ।
ट्रम्पको आर्थिक राष्ट्रवाद, विशेषगरी शुल्कहरूमा उनको ध्यानाकर्षणले सिइइसी–चीन सम्बन्धमा प्रत्यक्ष चुनौती दिएको छ । ट्रम्प प्रशासनले नेटो सहयोगीलाई चिनियाँ पुँजीमाथिको आफ्नो निर्भरता कम गर्न, सुरक्षा जोखिमको रूपमा त्यस्ता साझेदारी फ्रेम गर्नका लागि बढ्दो दबाब दिनेछ । इयू सदस्य राष्ट्रहरूका लागि यसले दोहोरो चुनौती सिर्जना गर्छ : अमेरिकी नीतिहरूसँग पंक्तिबद्धताका अपेक्षाहरूलाई सम्बोधन गर्दै चीनसँग आफ्नो आर्थिक हितहरू मिलाउने । उही समयमा ट्रम्पको शुल्कले युरोपमा चिनियाँ लगानीलाई गति दिन सक्छ, किनभने चीनले अमेरिकी बजारको विकल्प खोजिरहेको छ । यसले सिइइसीका लागि नयाँ अवसर ल्याउन सक्छ । यी गतिशीलतालाई सन्तुलनमा राख्न सावधानीपूर्वक कूटनीति र स्पष्ट प्राथमिकता आवश्यक पर्छ ।
सिइइसीले चिनियाँ साझेदारीमा एकीकृत दृष्टिकोण प्रस्तुत गर्न चीन–सिइइसी सहयोग ढाँचा र बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता प्लेटफर्म प्रयोग गर्नुपर्छ । आफ्नो प्रयासलाई समन्वय गरेर तिनीहरूले राम्रो वार्तालाप गर्न सक्छन् र लगानी क्षेत्रीय प्राथमिकतासँग पंक्तिबद्ध छन् भनेर सुनिश्चित गर्न सक्छन् । चिनियाँ लगानीमा सञ्चालित परियोजनाले स्थानीय अर्थतन्त्रलाई रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणलगायत ठोस लाभ प्रदान गर्न सक्छन् । यसबाहेक, पारदर्शी बोलपत्र प्रक्रिया र नियमित लेखापरीक्षणले जनताको विश्वास बलियो बनाउन र राजनीतिक आलोचनालाई कम गर्न सक्छ । यसबाहेक सिइइसीले आफ्नो हित झल्काउने सर्तहरूमा चीनसँग संलग्न हुँदा तिनीहरूको ट्रान्सएट्लान्टिक र युरोपेली साझेदारीप्रति प्रतिबद्ध रहनुपर्छ । यसको अर्थ इयू मापदण्डहरूसँग परियोजनाहरू पंक्तिबद्ध गर्ने र तिनीहरूले व्यापक सुरक्षा वा राजनीतिक प्रतिबद्धतालाई कमजोर गर्दैनन् भन्ने सुनिश्चित गर्नु हो ।
ट्रम्पका नीतिले नयाँ चुनौती सिर्जना गर्दा तिनीहरूले चीन र सिइइसी दुवैका लागि विविधीकरणको महत्वलाई पनि प्रकाश पार्छन् । चीनका लागि सिइइसीले फराकिलो युरोपेली बजारका लागि महत्वपूर्ण प्रवेशद्वार प्रदान गर्छ । सिइइसीका लागि चीनसँगको गहिरो संलग्नताले युरोपेली युनियन र अमेरिकासँगको सम्बन्धलाई पूरक बनाउन सक्छ, जसले कुनै पनि एकल साझेदारमा अति निर्भरतालाई प्रतिसन्तुलन प्रदान गर्छ । सिइइसीले आर्थिक स्थायित्व कायम गर्दै चीनसँग आफ्नो व्यापार विस्तार गर्न सक्ने क्षेत्रमध्ये कृत्रिम बुद्धिमत्ता प्रविधि, रसद, उन्नत उत्पादन र कृषि समावेश छन् । त्यसैगरी, सांस्कृतिक आदानप्रदान र शैक्षिक पहलले आपसी समझदारीलाई बलियो बनाउन र दीर्घकालीन सहयोगको जग निर्माण गर्न सक्छन् ।
सहयोगका लागि चीनको दृष्टिकोण राजनीतिक मागभन्दा आर्थिक पहलमा जरा गाडिएको छ, सिइइसीलाई बिआरआईजस्ता पहलमार्फत उनीहरूको विकास बढाउन एक अद्वितीय अवसर प्रदान गर्छ । यो व्यावहारिक रूपरेखाले सिइइसीलाई आफ्नो राजनीतिक स्वतन्त्रता कायम राख्दै महत्वपूर्ण लगानीमा पहुँच राख्न अनुमति दिन्छ । चीनका लागि सिइइसीले युरोपको मुख्य प्रवेशद्वारको प्रतिनिधित्व गर्छ, यो क्षेत्र आवश्यक रहनेछ, किनकि चीनले विश्वव्यापी व्यापार गतिशीलता परिवर्तन गर्न अनुकूलन गर्छ । यस सम्बन्धको भविष्य विश्वास बढाउन, पारस्परिक लाभ सुनिश्चित गर्न र बढ्दो बहुध्रुवीय संसारको बढ्दो दबाबलाई निर्देशित गर्न दुवै पक्षको क्षमतामा निर्भर हुनेछ ।
सिइइसीका लागि महत्वपूर्ण कुरा भनेको यी साझेदारीलाई उनीहरूको आफ्नै रणनीतिक हितहरूलाई प्राथमिकता दिने तरिकामा निर्देशित गर्ने बुद्धि हो । चिनियाँ लगानीलाई राष्ट्रिय र क्षेत्रीय लक्ष्यसँग सावधानीपूर्वक पंक्तिबद्ध गरेर यी राष्ट्रहरूले आफ्नो बृहत्तर गठबन्धनसँग सम्झौता नगरी आर्थिक वृद्धि सुरक्षित गर्न सक्छन् ।
– चाइना डेलीबाट