संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन्।
शनिबार अछामको कमल बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन्। तीन अर्व लागत रहेको नेपालगञ्ज विमानस्थलको भवन २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य छ।
मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले २०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिए।
मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे।