स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजना पक्राउ

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

प्रहरीले स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १ का रवि धमला, संखुवासभाको पाँचखपन नगरपालिका- ७ का सन्तोष विक र रसुवाको उत्तरगया गाउँपालिका- २ का जितबहादुर तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए । 

See More On

सुझावित समाचार