बालिका बलात्कार आराेपी युवा जेल चलान

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

गुल्मी तम्घासमा दुई बालिकालाई होटेलमा लगेर  बलात्कार गर्ने युवा पुर्पक्षका लागि जेल चलान भएका छन्। बलात्कारको आरोपमा प्रहरीले मालिका गाउँपालिका-४, अर्खाबाङका १८ वर्षीय छबबहादुर घर्तीलाई २ मंसिरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।

घर्तीले अभिभावकको संरक्षणबाहिर रहेका १२ र १३ वर्षका दुई बालिकालाई खाजा खुवाउने प्रलोभन देखाएर ३० असोजमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए। बालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि घटना भएकाे एक महिनापछि सार्वजनिक भएकाे थियो। आरोपित घर्तीलाई ८ पुसमा जिल्ला अदालत गुल्मीले कारागार चलान गरेको प्रहरी निरीक्षक थापाले बताए।

सुझावित समाचार